जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ
बिहीबार, ०३ वैशाख २०८३, २१ : ३५
पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
रौतहटको डुमरिया गाउँपालिका १० का ३० वर्षीय केदार परियार बिहीबार पक्राउ परेका हुन् । उनलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा ९, पृथ्वीचोकबाट पक्राउ गरेको हो ।
उनी जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई रौतहट कारागारमा कैद भुक्तान गरिरहेका थिए । कैद भुक्तानकै क्रममा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी भागेका थिए ।
उनले अझै १८ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि कास्की कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण