पोखरामा पठाओ र इनड्राइभका नाममा अफलाइन ठगी, १३ जना पक्राउ
पोखरा । पोखरामा पठाओ र इनड्राइभका नाममा अफलाइन ठगी गर्ने पक्राउ परेका छन् । अफलाइनबाट यात्रुसँग चर्को भाडा असुल्ने १३ जना चालकलाई बिहीबार कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा विष्णु बहादुर नेपाली, लिल बहादुर गुरुङ, प्रविण थापा, नविन थापा, दिपक कुमार गुरुङ, अम्मर बहादुर महतरा छन् । यस्तै, माधव कुइकेल, वुद्धि बहादुर विक, विक्की लामा, कृष्ण कुमाल, मिन बहादुर थापा र कृष्ण बहादुर गुरुङ पनि पक्राउ परेका छन् ।
पठाओ तथा इनड्राइभमा आबद्ध भई वा नभई अफलाइनमा मोटरसाइकल चलाएर यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा लिने, बार्गेनिङ गर्ने र अनावश्यक दुःख दिने गरेको व्यापक गुनासो आएपछि कारबाही चलाइएको कास्की प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए।
उनीहरु सबैलाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । प्रहरीले यात्रुहरूलाई पनि एपबाटै आधिकारिक रूपमा यात्रा गर्न र ठगिएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण