अफलाइन पठाओ र इनड्राइभर चलाउने १३ जना प्रहरी नियन्त्रणमा
सारांश
- पोखरामा एप प्रयोग नगरी अफलाइन माध्यमबाट यात्रु बोक्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- तोकिएको भन्दा बढी भाडा असुल्ने र यात्रुलाई हैरानी दिने गरेको गुनासोका आधारमा प्रहरीले कारबाही गरेको हो।
कास्की । पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा पठाओ र इनड्राइभर जस्ता राइड सेयरिङ एपमा आबद्ध भई वा नभई अफलाइन माध्यमबाट यात्रु बोक्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
एप प्रयोग नगरी सिधै मोलमोलाइ गरेर यात्रु ओसार्ने, तोकिएको भन्दा बढी भाडा असुलेर ठगी गर्ने र यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिएको गुनासो र सूचनाका आधारमा प्रहरीले यो कारबाही अघि बढाएको हो। पक्राउ पर्नेहरूमा ३२ वर्षीय विष्णु बहादुर नेपाली, ३६ वर्षीय राजन परियार, ४६ वर्षीय लिल बहादुर गुरुङ, २२ वर्षीय प्रविण थापा, ३१ वर्षीय नवीन थापा, ४६ वर्षीय दीपक कुमार गुरुङ र ५४ वर्षीय अम्मर बहादुर महतरा रहेका छन्।
त्यसैगरी प्रहरीले ३२ वर्षीय माधव कुइँकेल, ३३ वर्षीय बुद्धि बहादुर वि.क., ३० वर्षीय विक्की लामा, ४० वर्षीय कृष्ण कुमाल, ३२ वर्षीय मिन बहादुर थापा र २३ वर्षीय कृष्ण बहादुर गुरुङलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरू स्याङ्जा, कास्की, तनहुँ र गोरखा घर भई हाल पोखराका विभिन्न स्थानमा बस्दै आएका थिए।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ। पछिल्लो समय पोखरामा एप बिना नै यात्रु बोक्ने र मनपरी भाडा लिने प्रवृत्ति बढेपछि प्रहरीले निगरानी कडा पारेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण