अतिक्रमित जग्गा ३५ दिनभित्र खाली गर्न त्रिभुवन विश्वविद्यालयको अल्टिमेटम
सारांश
- त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका अतिक्रमित जग्गा र अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
- विश्वविद्यालयको जग्गा खोजबिन समितिले कानुन विपरीत जग्गा कब्जा भएको प्रतिवेदन सार्वजनिक गरेपछि यो कदम चालिएको हो।
- तोकिएको समयसीमाभित्र जग्गा फिर्ता नगर्नेहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने विश्वविद्यालयले जनाएको छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ३५ दिनभित्र ती सम्पत्ति फिर्ता गर्न अल्टिमेटम दिएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै त्रिविले यस्तो अल्टिमेटम दिएको हो ।
‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति-२०८१’ ले तयार पारेको प्रतिवेदनले विश्वविद्यालयका विभिन्न स्थानमा रहेका जग्गा र सम्पत्तिहरू प्रचलित कानुन र विश्वविद्यालयको ऐन–नियम विपरीत कब्जा गरिएको तथ्य फेला पारेपछि यो कदम चालिएको हो । केही व्यक्ति, निजी कम्पनी, संघ-संस्था र निकायहरूले विश्वविद्यालयको भोगाधिकारमा रहेका जग्गाहरू अनधिकृत रूपमा नियन्त्रण र प्रयोग गरिरहेको प्रतिवेदनले औँल्याएको छ ।
त्रिवि प्रशासन महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, 'नेपाल सरकार र विभिन्न दाताहरूले विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि उपलब्ध गराएका जग्गा तथा अचल सम्पत्तिहरू (प्रतिवेदनमा उल्लेख भएका वा नभएका) यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गरी/गराई आधिकारिक रूपमा विश्वविद्यालयलाई फिर्ता गर्नुपर्नेछ ।'
विश्वविद्यालयले तोकिएको समयसीमाभित्र जग्गा फिर्ता नगरेमा प्रचलित कानुन र नियम अनुसार कारबाही अगाडि बढाइने समेत स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण