काठमाडौँ प्रहरीले बनायो आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल
सारांश
- काठमाडौँ प्रहरीले आपराधिक पृष्ठभूमिका १ हजार ९७ जना व्यक्तिहरूको प्रोफाइल तयार गरेको छ।
- प्रहरीले लागुऔषध, चोरी र गुण्डागर्दीमा संलग्न तथा शङ्कास्पद व्यक्तिहरूको विवरण सङ्कलन गरेको हो।
- काठमाडौँ प्रहरीले हिरासतबाट भागेकाहरूको विवरण डिजिटल माध्यममा अद्यावधिक गर्नुका साथै ३ हजार २७२ फाइल डिजिटाइज गरेको छ।
काठमाडौँ । काठमाडौँ प्रहरीले आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल तयार गरेको छ । गुण्डागर्दीमा संलग्न सहित १ हजार ९७ जनाको पृष्ठभूमि सहितको प्रोफाइल तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
शुक्रबार पत्रकार सम्मेलन गरेर भट्टराईले भने, ‘लागुऔषध, चोरी, गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न हुनसक्ने र भएकाहरूले प्रोफाइलिङ गरिएको हो ।’ अनुसन्धानको क्रममा अपराधसँग ‘कनेक्सन’ देखिएका र आशङ्का गरिएकाहरूको आपराधिक पृष्ठभूमि सहितको प्रोफाइलिङ गरिएको एसपी भट्टराईले जानकारी दिए ।
त्यस्तै, काठमाडौँ प्रहरीले हिरासतबाट भागेकाहरूको विवरण डिजिटल माध्यममा अद्यावधिक गरेको छ । ‘भागेकाहरू कागजात छैन भनेर खुला हिँडेका सूचना पाएका छौँ’ एसपी भट्टराईले भने, ‘जेनजी प्रदर्शनमा आगजनी गरिएको ३ हजार २७२ फाइललाई हामीले डिजिटाइजेशन गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण