सर्वोच्चको फैसलापछि कांग्रेस महामन्त्रीको प्रतिक्रिया: हामीमाथि जिम्मेवारी थपियो
सारांश
- सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले यसले पार्टी र नेतृत्वमाथि थप जिम्मेवारी थपेको बताएका छन्।
- उनले लोकतान्त्रिक प्रणालीमा न्यायपालिकाको निर्णय सर्वोपरी हुने भएकाले त्यसलाई हार्दिकताका साथ स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।
- पार्टीभित्रको आन्तरिक एकता कायम राख्दै सबै कार्यकर्ता र शुभेच्छुकलाई समेटेर अगाडि बढ्नु नै अहिलेको मुख्य दायित्व भएको उनको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै यसले पार्टी र नेतृत्वमाथि थप जिम्मेवारी थपेको बताएका छन् । अदालतको फैसलापछि रातोपाटीलाई प्रतिक्रिया दिँदै महामन्त्री पौडेलले लोकतान्त्रिक प्रणालीमा न्यायपालिकाको निर्णय सर्वोपरी हुने र त्यसलाई हार्दिकताका साथ स्वीकार गर्नुपर्ने बताए ।
महामन्त्री पौडेलले भने, ‘सर्वोच्च अदालतको फैसला हामीलाई स्वीकार्य छ। न्यायालयको आदेशको पालना गर्नु र विधिको शासनलाई आत्मसाथ गर्नु हाम्रो धर्म हो। यो फैसलासँगै अब हामीमाथि एउटा नयाँ र गम्भीर जिम्मेवारी थपिएको महसुस गरेका छौँ।’
पार्टीभित्रको आन्तरिक एकता र शुभेच्छुकहरूको भावनालाई समेट्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ। पौडेलले पार्टीका सम्पूर्ण साथीहरू, कार्यकर्ताहरू र कांग्रेसप्रति आस्था राख्ने शुभेच्छुकहरूलाई समेटेर अगाडि बढ्नु नै नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गरे । सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा शुक्रबार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई वैधानिकता दिएको थियो । पौडेल पनि सोही कार्यसमितिका महामन्त्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण