शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
कांग्रेस आधिकारिकता विवाद

‘अब पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने जिम्मेवारी नेतृत्वको हो’

शुक्रबार, ०४ वैशाख २०८३, २३ : ०१
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता नैनसिंह महरले सर्वोच्च अदालतको फैसलालाई शिरोधार्य गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।
  • सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कमिटीलाई वैधानिकता दिएसँगै पार्टीभित्रको आधिकारिकतासम्बन्धी लामो विवाद टुङ्गिएको छ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै अब पार्टीलाई भावनात्मक र साङ्गठनिक रूपमा एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्वको काँधमा आएको बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई वैधानिकता दिएपछि शेरबहादुर देउवा पक्षीय नेता नैनसिंहले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कांग्रेस सधैँ लोकतान्त्रिक मूल्य र कानुनी सर्वोच्चतामा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै उनले भने, ‘कांग्रेस कानुनलाई मान्ने पार्टी हो। सर्वोच्च अदालतले जुन फैसला गरेको छ, त्यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्छ र मान्नुपर्छ।

अदालतको फैसलासँगै पार्टीभित्रको अन्योल अन्त्य भएको संकेत गर्दै उनले अब नेतृत्वले सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिए ।  पुसदेखि कांग्रेसको आधिकारिकतालाई लिएर देखिएको कानुनी विवाद सर्वोच्चको यो फैसलासँगै टुङ्गिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप