बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रानी र रविको मायाको खेल

सोमबार, ०२ साउन २०७४, १३ : ५४
सोमबार, ०२ साउन २०७४

काठमाडौं – गायक उजन नेम्बाङको नयाँ म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक भएको छ । ‘गौरदहको बजारैमा’, ‘पोखराको तालैमा’ जस्ता गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक नेम्बाङले गीत युट्युबबाट च्यानलबाट सार्वजनिक गरेका हुन् ।

राजुबाबु श्रेष्ठको शब्द, ताङ्साङ नेम्बाङको संगीत गीतमा छ । भिडियो पनि गायकले निर्देशन गरेका हुन् । भिडियोमा अहिले समाजमा धेरै परिवार भित्र घटिरहेका विसंगतिलाई समेटेर सानो सन्देश दिने कोशिष गरिएको छ । 

प्रिया रानी लामा, दृश्य सुबेदी र रवि शर्माको अभिनय रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरेको सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप