आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

त्रिनिडाड एन्ड टोबागोमा सामूहिक चिहानमा ५६ शव फेला

आइतबार, ०६ वैशाख २०८३, १० : ४३
आइतबार, ०६ वैशाख २०८३

पोर्ट अफ स्पेन । क्यारिबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोमामा प्रहरीले एउटा चिहानबाट ५६ शव फेला परेपछि अनुसन्धान सुरु गरेको छ । तीमध्ये ५० शिशुका शव रहेका छन् भने अन्य चार पुरुष र दुई महिलाका शव पनि भेटिएका छन् ।

यो घटना राजधानी पोर्ट अफ स्पेनबाट करिब ४० किलोमिटर टाढा रहेको कुमुटो क्षेत्रमा भएको हो । प्रहरीले घटनास्थल सुरक्षित गरेर फरेन्सिक जाँच सुरु गरेको छ र हत्या अनुसन्धान टोलीसहित विशेष इकाइहरू परिचालन गरिएको छ । 

प्रारम्भिक अनुसन्धानले दाबी नगरिएका शवहरूको अवैध रूपमा फालिएको हुन सक्ने संकेत दिएको छ । केही वयस्क शवमा पोस्टमार्टम गरिएको चिह्न देखिएको छ भने सबै वयस्क शवमा शवगृहमा प्रयोग हुनेजस्तै पहिचान ट्याग भेटिएको छ ।

प्रहरी आयुक्त एलिस्टर ग्वेभारोले यस घटनालाई गम्भीर र चिन्ताजनक बताएका छन् । प्रत्येक शवलाई सम्मानका साथ र कानुनी रूपमा व्यवस्थापन गर्नुपर्ने र जिम्मेवार व्यक्ति वा संस्थालाई कारबाही गरिने उनले बताए ।

ट्रिनिडाड एन्ड टोबागोमा मानव अवशेषको अनुचित व्यवस्थापन गर्नु अपराध मानिन्छ ।

पछिल्ला वर्षहरूमा देशमा संगठित अपराध र गिरोह हिंसा बढ्दै गएको छ, जसका कारण सरकारले आपतकालीन अवस्था समेत लागु गरेको छ । सन २०२० पछि हत्या दरमा तीव्र वृद्धि देखिएको थियो । २०२४ मा प्रति हत्या दर १ लाख जनसंख्यामा ४५ दशमलव ७ पुगेको थियो, यद्यपि २०२५ मा केही घटेर करिब २७ मा झरेको छ ।

हाल प्रहरीले शवहरूको स्रोत, पहिचान र यस घटनामा कुनै कानुनी उल्लङ्घन भएको छ कि छैन भन्नेबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप