शेखर समूहले भन्यो– पार्टी एक राख्ने/नराख्ने जिम्मेवारी सभापतिको
सारांश
- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरेको छ।
- पार्टीलाई एकताबद्ध राख्ने मुख्य जिम्मेवारी सभापतिको काँधमा रहेको सो समूहले निष्कर्ष निकालेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले अब पार्टीमा एकता कायम राख्ने नराख्ने जिम्मेवारी सभापति गगन थापाको काँधमा पुगेको बताएको छ । बिहान नेता डा.कोइराला निवासमा बसेको समूहको भेलाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरेको हो ।
निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्री डा.शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा नेताहरू बलबहादुर केसी, डा.मीनेन्द्र रिजालसहित १४ केन्द्रीय नेताहरूको बैठकले सर्वोच्चको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको निवर्तमान सहमहामन्त्री परियारले रातोपाटीलाई जानकारी दिए ।
सहमहामन्त्री परियारका अनुसार भेलाले दुई बुँदे निष्कर्ष निकालेको छ ।
यस्ता छन् ती निष्कर्ष :
१.हामी सबैलाई विदितै छ । विशेष महाधिवेशनका बारेमा पार्टीमा विभिन्न दृष्टिकोण रहिआएको भएता पनि त्यसबेला हामीले मतैक्यता गराउने भरमग्दुर प्रयत्न गरिरह्यौ । अब विशेष महाधिवेशन बारे सम्मानित सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ ।
यस परिस्थितिमा अदालतको फैसला स्वीकार गर्दै, पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो । पार्टीको स्थापना कालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको ब्यहोरा जगजाहेर नै छ ।
२. वर्तमान अवस्थामा नेपाली कांग्रेस भित्र बृहत्तर हित, एकता र सुदृढ सङ्गठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । तथापि पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढी नै जिम्मेवारी रहन्छ ।
यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौतीलाई सामना गर्न हामी सबै आआफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहन समेत पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण