फुटपाथ खाली गर्न तिलोत्तमा व्यापार सङ्घको आग्रह
सारांश
- तिलोत्तमा व्यापार सङ्घले फुटपाथ अतिक्रमण गरी राखिएका अवैध संरचना तथा सामानहरू हटाउन व्यवसायीहरूलाई आग्रह गरेको छ।
- सडक सीमाभित्रका सामग्री हटाउन सात दिनको समय दिइएको छ र नहटाएमा नगरपालिकाको नियमअनुसार कारबाही हुने चेतावनी दिइएको छ।
बुटवल । बुटवलमा वैशाख ६ गतेदेखि फुटपाथ अतिक्रमण हटाउने अभियान चलिरहँदा छिमेकी तिलोत्तमा नगर क्षेत्रमा पनि फुटपाथ अतिक्रमण नियन्त्रणमा सक्रियता बढाइएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैशाख ३ गते जारी गरेको सूचनालाई आधार मान्दै तिलोत्तमा व्यापार सङ्घ (चेम्बर अफ कमर्स) ले फुटपाथमा राखिएका अवैध संरचना, निर्माण सामग्री, ठेलागाडा तथा पसलका सामान हटाउन आग्रह गरेको हो ।
सङ्घको वैशाख ६ गते बसेको बैठकले सडक सीमाभित्र राखिएका यस्ता सामग्रीका कारण पैदल यात्रुलाई आवतजावतमा समस्या हुनुका साथै सहरी सौन्दर्यमा नकारात्मक असर परेको निष्कर्ष निकालेको छ ।
सङ्घका अध्यक्ष नेत्रप्रसाद न्यौपानेद्वारा जारी सूचनामा नगरलाई स्वच्छ, सफा, व्यवस्थित र सुन्दर बनाउने अभियानमा सबै व्यवसायी तथा घरधनीको साथ आवश्यक रहेको उल्लेख गरिएको छ ।
सूचनामा तोकिएको मितिदेखि ७ दिनभित्र सडक सीमा मिचेर राखिएका सबै सामग्री तथा संरचना सम्बन्धित व्यक्तिले स्वयं हटाउन अनुरोध गरिएको छ । अन्यथा नगरपालिकाको नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
यसअघि बुटवल उपमहानगरपालिकाले पनि वैशाख २ गतेदेखि सडक अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण