देउवा समूहका ४ नेताले उठाए नयाँ पार्टी गठन गर्नेसम्मको विषय
सारांश
- नेपाली कांग्रेसको देउवा समूहका ४ नेताले पार्टीभित्र सम्मानजनक अवस्था नभए नयाँ पार्टी गठन गर्नुपर्ने विषय उठाएका छन्।
- छलफलमा सहभागी नेताहरूले पार्टीमा सम्मान नपाए १५ औँ महाधिवेशनको तयारीको साटो नयाँ बाटो रोज्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा समूहको छलफलमा ४ नेताले नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने विषय उठाएका छन् । काठमाडौँको महाराजगन्जमा चलिरहेको छलफलमा धारणा राख्ने निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरु बराल र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले छुट्टै पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् ।
‘अहिलेसम्म बोलेकामध्ये ४ जना नेताहरूले छुट्टै पार्टी गठन गरेर जानुपर्ने कुरा पनि राख्नुभएको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘पार्टीभित्र सम्मानपूर्ण तरिकाले अगाडि बढ्ने अवस्था भएन भने बेग्लै पार्टी खोल्नुपर्छ भन्ने धारणा उहाँहरूको छ ।’
पार्टीभित्र सम्मानपूर्वक अगाडि बढ्ने अवस्था आएमा भने १५ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने उनीहरूको भनाइ रहेको ती केन्द्रीय सदस्यले बताए ।
समूहले सर्वोच्चको फैसलालाई असहमति भए पनि स्वीकार्ने बताएको छ । फैसलामा लेखिएका केही विषयहरूमा आफूहरूको फरक मत भने कायमै रहेको समूहको भनाइ छ ।
सभापति थापाले भने सर्वोच्च अदालतको निर्णय कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो भनेका छन् ।
‘यो निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ’ थापाले सामाजिक संजालमा लेखेका छन्, ‘पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण