समूहको बैठकमा पूर्णबहादुरले भने– पूर्ण इजलासमा जाने बाटो बाँकी नै छ
सारांश
- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको फैसलाविरुद्ध पूर्ण इजलासमा जाने बाटो बाँकी नै रहेको बताएका छन् ।
- खड्काले सर्वोच्चको निर्णय मान्ने तर फैसलाका आधारहरूसँग असहमति राख्ने स्पष्ट पारेका छन् ।
- उनले आफ्नो समूहलाई एक ढिक्का बनाएर क्रियाशील राख्ने रणनीति अघि बढाउने बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतले शुक्रबार पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पूर्ण इजलासमा जाने बाटो बाँकी नै रहेको बताएका छन् ।
शेरबहादुर देउवा समूहको आइतबार महाराजगन्जमा बसेको बैठकमा खड्काले फैसलाको पुनरावलोकनमा जान सक्ने सङ्केत गरे । ‘हामीसँग अदालतको आदेशको विरुद्ध पूर्ण इजलासमा सुनुवाइका लागि जाने बाटो बाँकी नै छ,’ खड्काको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने ।
खड्काले सर्वोच्चको निर्णय मान्ने तर न्याय निरूपण गर्दा दिएका आधारहरूमा असहमति राख्ने बताए । रिट खारेजका लागि लिएका ५ आधार नमान्ने खड्काले बताएको ती केन्द्रीय सदस्यले जानकारी दिए ।
उनले आफ्ना अडान स्पष्ट राख्ने र कदमहरू बिस्तारै अगाडि बढाउने बताए । ‘अडान स्पष्ट राख्ने र कदमहरू बिस्तारै अगाडि बढाउने प्रदेश भेलाहरू, साथीभाइहरूको बिचमा विभिन्न भेलाहरू र छलफल गर्दै एक ढिक्का भएर हाम्रो समूहलाई क्रियाशील राख्ने,’ खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण