मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेकसाइडमा पर्यटकलाई सास्ती दिने १६ जना महिला पक्राउ

आइतबार, ०६ वैशाख २०८३, २० : २५
आइतबार, ०६ वैशाख २०८३

पोखरा । पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई दुःख हैरानी दिने १६ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न प्रलोभन देखाएर पर्यटकलाई अनावश्यक झमेलामा पार्ने, लुटपाट गर्ने र अनैतिक क्रियाकलापमा संलग्न हुने गरेको जनगुनासो बढेपछि प्रहरीले विशेष अप्रेसन चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार मध्यरातमा लेकसाइड क्षेत्रमा छापा मारेको थियो। रातको १२ः३० बजेदेखि २ बजेसम्म पोखरा महानगरपालिका वडा नं. ६ को विभिन्न क्षेत्रमा चलाइएको उक्त खोजी अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका महिलाहरूले पर्यटकलाई बाटोमा छेकेर हैरान बनाउने र आपराधिक मनसायले प्रलोभनमा पार्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका सबै १६ जनालाई नियन्त्रणमा राखेर थप कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप