पुष्पा २ लाई पछि पार्दै ‘धुरन्धर २’ बन्यो विश्वकै तेस्रो सफल भारतीय फिल्म
सारांश
- फिल्म 'धुरन्धर २' ले विश्वभर १ हजार ७४८.९१ करोड भारु कमाउँदै तेस्रो सफल भारतीय फिल्म बनेको छ।
- यस फिल्मले 'पुष्पा २' को रेकर्ड तोड्दै 'बाहुबली २' को नजिक पुगेको छ।
मुम्बई । भारतीय चलचित्र उद्योगमा एकपछि अर्को कीर्तिमान रचिरहेको फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा विश्वव्यापी तहल्का मच्चाएको छ। प्रदर्शनको ३१ औँ दिनसम्म आइपुग्दा यस फिल्मले विश्वभरबाट १ हजार ७४८.९१ करोड भारु कमाउँदै नयाँ इतिहास रचेको हो।
यससँगै धुरन्धर २ ले अल्लु अर्जुनको ब्लकबस्टर फिल्म ‘पुष्पा २’ (१,७४२.१० करोड) लाई पछि पार्दै विश्वभर सबैभन्दा धेरै कमाउने तेस्रो भारतीय फिल्मको उपाधि आफ्नो नाममा गरेको छ। अब यो फिल्मभन्दा अगाडि आमिर खानको ‘दंगल’ (२०७० करोड) र प्रभासको ‘बाहुबली २’ (१,७८८.०६ करोड) मात्र रहेका छन्। फिल्मको अहिलेको रफ्तार हेर्दा यसले चाँडै नै 'बाहुबली २' को रेकर्डलाई समेत चुनौती दिने देखिएको छ।
ट्रेड वेबसाइट सैकनिल्कका अनुसार रिलिजको पाँचौँ हप्तामा प्रवेश गर्दा फिल्मको कमाइमा केही गिरावट आए पनि सप्ताहान्तमा भने उत्साहजनक वृद्धि देखिएको छ। ३० औँ दिनमा २.७० करोड कमाएको फिल्मले ३१ औँ दिनमा ४.६५ करोडको नेट कलेक्सन गरेको छ। भारतमा मात्रै यसको कुल नेट कलेक्सन १,११०.४७ करोड पुगेको छ भने ग्रॉस कलेक्सन १,३२९.३१ करोड पुगिसकेको छ।
फिल्मको हिन्दी भर्सनले ३१ औँ दिनमा सबैभन्दा धेरै ४.५० करोड कलेक्सन गर्दा तमिल, तेलुगु र कन्नड भर्सनको व्यापार भने तुलनात्मक रूपमा न्यून रहेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मको क्रेज कायमै छ। विदेशमा ३१ औँ दिन १.१० करोड थपिएसँगै कुल विदेशी ग्रस कलेक्सन ४१९.६० करोड पुगेको छ।
यसअघि 'धुरन्धर' को पहिलो भागले पनि विश्वभर १,३०७ करोड कमाएर तहल्का मच्चाएको थियो। पहिलो भागले अमेरिका र क्यानडामा मात्रै १९३.०६ करोडभन्दा बढी कमाएर बाहुबली २ को रेकर्ड तोडेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण