शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

गर्भावस्थामा पनि दीपिकाले सुटिङ नरोक्ने, एक्सन अवतारमा देखिने

सोमबार, ०७ वैशाख २०८३, ०९ : ५०
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • बलिउड अभिनेत्री दीपिका पादुकोण दोस्रो पटक आमा बन्न लागेको कुरा सार्वजनिक भएको छ।
  • गर्भावस्थामा पनि दीपिकाले आफ्नो कामबाट ब्रेक नलिई फिल्मको सुटिङ जारी राख्ने निर्णय गरेकी छिन्।
  • उनी निर्देशक एटलीको फिल्म 'राका' मा अल्लु अर्जुनसँग एक्सन अवतारमा देखिने भएकी छिन्।

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह पुनः दोस्रो पटक माता-पिता बन्ने भएका छन्। दीपिकाले आइतबार सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको र चाँडै दोस्रो सन्तानलाई स्वागत गर्न लागेको जानकारी दिएकी हुन्।

दीपिकाले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै यो खुसी साटेकी छिन्। तस्बिरमा उनकी छोरी दुआले प्रिग्नेन्सी टेस्ट किट समातेकी छिन् भने रणवीर र दीपिकाका हातहरूले छोरीलाई थामेका छन्। यो सुखद खबर सार्वजनिक भएपछि बलिउडकर्मी र प्रशंसकहरूले सामाजिक सञ्जालमा बधाईको ओइरो लगाएका छन्। 

विशेष कुरा त के छ भने, गर्भावस्थाको यस अवस्थामा पनि दीपिकाले आफ्नो कामबाट ब्रेक नलिने निर्णय गरेकी छिन्। फिल्म उद्योगका स्रोतहरूका अनुसार उनी आफ्ना आगामी फिल्महरूको सुटिङमा सक्रिय रहनेछिन्। 

हाल उनी निर्देशक एटलीको फिल्म ‘राका’ को सुटिङमा व्यस्त छिन्। यस फिल्ममा उनी साउथका सुपरस्टार अल्लु अर्जुनसँग देखिँदैछिन्। स्रोतका अनुसार दीपिकाले यो फिल्मका लागि केही चुनौतीपूर्ण एक्सन दृश्यहरू समेत खिचिरहेकी छिन् र गर्भावस्थाभर नै सुटिङ जारी राख्ने उनको योजना छ।

दीपिका र रणवीरले सन् २०१८ मा इटालीमा विवाह गरेका थिए। विवाहको ६ वर्षपछि अर्थात् सन् २०२४ सेप्टेम्बरमा उनीहरूले पहिलो सन्तानका रूपमा छोरी दुआलाई स्वागत गरेका थिए। दुआ अहिले करिब डेढ वर्षकी पुगेकी छिन् र उनी चाँडै दिदी बन्ने तयारीमा छिन्।

दीपिकाका हातमा अहिले दुई ठुला फिल्महरू छन्। उनी सिद्धार्थ आनन्दको फिल्म ‘किङ’ मा शाहरुख खानसँग देखिनेछिन्, जुन डिसेम्बर २०२६ मा रिलिज हुने तय भएको छ। त्यस्तै, अल्लु अर्जुनसँगको फिल्म ‘राका’ मा उनको भूमिका निकै शक्तिशाली र एक्सनले भरिपूर्ण हुने बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप