कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते
सारांश
- नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ।
- निर्वाचन समितिले कार्यतालिका प्रकाशन गरी ९ गते दलको विधान संशोधन गर्ने तयारी गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारी गरेको हो ।
निर्वाचन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य मुना भुसालले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारीमा आफूहरू जुटेको जानकारी दिइन् ।
‘आज तालिका प्रकाशन गर्छौँ, ११ गते निर्वाचन गर्ने गरी,’ भुसालले रातोपाटीसँग भनिन्, ‘कार्यतालिकामा ९ गते दलको विधान संशोधनबारे ९ गते नै संशोधित विधानबारे छलफल गरेर पारित गर्ने र ११ गते निर्वाचन गर्ने गरी कार्यतालिका आउँछ ।’
प्रतिनिधिसभाका कांग्रेसका ३८ सांसद छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले दलको नेता चयन गरे पनि कांग्रेसले चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
कांग्रेसमा दलको नेता बन्न भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीसहितका नेताहरू आकाङ्क्षी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण