वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सम्मान गर्न सामसङको 'सपनादेखि सम्भावनासम्म' अभियान सार्वजनिक
काठमाडौं। नेपालको अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदान र त्यागलाई सम्मान गर्दै “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ।
परिवारको सुख र राष्ट्र निर्माणका लागि प्रवासी नेपालीहरूले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई कदर गर्दै सामसङले आफ्ना आधुनिक प्रविधिमार्फत उनीहरूको जीवनलाई सहज बनाउने उद्देश्य राखेको छ।
यस अभियानअन्तर्गत कम्पनीले विशेष गरी रेमिटेन्समा निर्भर परिवारहरूलाई लक्षित गर्दै “Samsung Remit मा Benefit” नामक योजना ल्याएको छ, जुन अप्रिल २४ देखि लागू हुनेछ। वैदेशिक रोजगारीलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै सामसंगले आफ्ना आई-सक्षम डिभाइसहरूका माध्यमबाट प्रवासी नेपालीका परिवारको दैनिक जीवनलाई अझ स्मार्ट र कनेक्टेड बनाउने प्रतिबद्धता जनाएको छ।
यस पहललाई थप प्रभावकारी बनाउन सामसंगले आइएमई रेमिट, एनसेल, खल्ती र हुलास फिन सर्भसँग व्यावसायिक सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत विदेशबाट पैसा पठाउने व्यक्ति र उनका परिवारले सामसंगका उत्पादन खरिद गर्दा एनसेलको रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सहज ईएमआई सुविधा र खल्तीमार्फत आकर्षक क्यासब्याक जस्ता लाभहरू प्राप्त गर्न सक्नेछन्।
यो विशेष अफर वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्स प्राप्त गर्ने ग्राहकहरूका लागि मात्र उपलब्ध हुनेछ। साथै, सामसंगले सामान खरिद गर्दा वारेन्टी र आधिकारिक सेवाको सुनिश्चितताका लागि आधिकारिक आउटलेटहरूबाट मात्र उत्पादन छनोट गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण