आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा

मङ्गलबार, ०८ वैशाख २०८३, ०१ : ०५
मङ्गलबार, ०८ वैशाख २०८३

भोजपुर । भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र वर्षात्का कारण स्थगित भएको थियो ।

आइतबारको बाँकी खेलअन्तर्गत सोमबार भएको पहिलो खेलमा एपिएफले मोरङको एलएक्स सिटीलाई ३–२ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । एपिएफका तर्फबाट विकास तितुङ, मानबहादुर राना र हरि कार्कीले १–१ गोल गरेका थिए । त्यस्तै एलएक्स सिटीका लागि विशाल तामाङ र पुजन चौधरीले १–१ गोल गरे ।

सोमबार भएको दोस्रो खेलमा आयोजक भोजपुर फुटबल सङ्घ २(१ गोलले सङ्खुवासभा(११ लाई पछि धकेल्दै समिफाइनलमा पुगेको छ । उक्त खेलमा भोजपुरका लागि विनोद राई र मिलन लिम्बूले १(१ गोल गरे भने सङ्खुवासभाका लागि एक मात्र गोल सूर्य राउतले गरे ।

भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भोजपुर नगरपालिका–७ कोदारस्थित रङ्गशालामा नवौँ संस्करणका रूपमा प्रतियोगितामा सुरु भएको हो ।

प्रतियोगितामा एपिएफ क्लब, एलएक्स सिटी मोरङ, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सङ्खुवासभा-११, सातदोबाटो युग क्लब ललितपुर, केपिलासगढी गाउँपालिका खोटाङ, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र द गोर्खाज फुटबल क्लब उदयपुर गरी आठ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख प्राप्त गर्नेछन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप