आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स लिन अनुरोध
सारांश
- यातायात व्यवस्था विभागले छपाइ सम्पन्न भएका स्मार्ट लाइसेन्सहरू सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको छ ।
- सेवाग्राहीहरूले आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स प्राप्त गर्न सक्नेछन् ।
काठमाडौँ । यातायात व्यवस्था विभागले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको छ ।
विभागले एक सूचना जारी गर्दै छपाई भएका लाइसेन्सहरू द्रुत गतिमा सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य भइरहेको र सेवाग्राहीले सम्बन्धित कार्यालयबाटै लाइसेन्स लिन सक्ने जानकारी दिएको हो ।
विभागका अनुसार, चालकहरूले आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स प्राप्त गर्न सक्नेछन् । विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र छपाई भई यस विभागमा प्राप्त भएका लाइसेन्सहरू सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य द्रुत गतिमा भइरहेको हुँदा सम्बन्धित व्यक्तिले आफूले विवरण पेस गरेको कार्यालयबाट नै लाइसेन्स लिनुहुन जानकारी गराइन्छ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण