मस्यौदा समिति
प्रतिनिधि सभा नियमावलीको मस्यौदामा ३० परिच्छेद, २६३ दफा, ७ अनुसूची
मङ्गलबार, ०८ वैशाख २०८३, १४ : ०७
सारांश
- प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले ३० परिच्छेद, २६३ दफा र ७ अनुसूची रहेको मस्यौदा तयार गरेको छ।
- समितिले उक्त मस्यौदा मंगलबार दिउँसो ३ बजे सभामुख डोलप्रसाद अर्याललाई बुझाउने तयारी गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले पुरानो नियमावलीमा रहेका भन्दा एउटा दफा कम गरेर मस्यौदा तयार गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुली नेतृत्वको नियमावली मस्यौदा समितिले ३० परिच्छेद २६३ दफा ७ अनुसूचीसहितको नियमावलीको मस्यौदा तयार गरेको हो ।
यसअघिको प्रतिनिधि सभा नियमावली २०७९ मा ३० परिच्छेद २६३ दफा ७ अनुसूची थिए ।
नियमावलीको मस्यौदा मंगलबार दिउँसो ३ बजे सभामुख डोलप्रसाद अर्याललाई बुझाउने तयारी समितिले गरेको छ । सभामुखको सचिवालयले नियमावलीको मस्यौदा ३ बजे सभामुख अर्याललाई बुझाउने कार्यक्रम तय भएको जानकारी दिएको छ ।
मस्यौदा समितिका एक सदस्यका अनुसार अहिले समितिका सदस्यहरूले नियमावलीको मस्यौदालाई अन्तिम रूप दिइरहेका छन् ।
समितिको बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण