मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

अभिषेक शर्माको विस्फोटक शतकमा हैदराबादको सानदार जित

मङ्गलबार, ०८ वैशाख २०८३, २३ : ४५
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको छ।
  • अभिषेक शर्माको विष्फोटक १३५ रनको मद्दतले हैदराबादले दिल्ली सामु २४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।
  • बलिङतर्फ इशान मालिङ्गाको ४ विकेट र हर्ष दुवेको ३ विकेटको सहयोगमा हैदराबादले जित सुनिश्चित गरेको छ।

काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ४७ रनको सानदार जित हासिल गरेको छ । अभिषेक शर्माको अविजित विष्फोटक शतकीय पारीको मद्दतले हैदराबादले प्रस्तुत गरेको २ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १ सय ९५ रनमा समेटियो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २ सय ४२ रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि ओपनर अभिषेक शर्माले उत्कृष्ट प्रदर्शन गर्दै केवल ६८ बलमा अविजित १३५ रन बनाए । उनलाई ट्राभिस हेडले २६ बलमा ३७ रन र हेनरिक क्लासेनले १३ बलमा अविजित ३७ रन बनाउँदै राम्रो साथ दिए। दिल्लीका लागि अक्षर पटेलले एक मात्र विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्ली क्यापिटल्सले २० ओभरमा ९ विकेट गुमाएर १९५ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि नितिश राणाले सर्वाधिक ५७ रनको योगदान दिए भने समीर रिजवीले ४१ र केएल राहुलले ३७ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

हैदराबादको जितमा बलिङतर्फ इशान मालिङ्गाले घातक प्रदर्शन गर्दै ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, हर्ष दुवेले २ ओभरमा ११ रन दिएर ३ विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप