सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कपुरको नेपाल भ्रमण सम्पन्न, आज अमेरिका फर्किँदै

बुधबार, ०९ वैशाख २०८३, ०९ : ३३
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • अमेरिकी विदेश मन्त्रालयका अधिकारी एस. पावल कपुरको नेपाल भ्रमण सम्पन्न भएको छ।
  • कपुरले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गर्दै द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यका विषयमा छलफल गरेका छन्।

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने एस. पावल कपुरको नेपाल भ्रमण सम्पन्न भएको छ । आज उनी अमेरिका फर्किन लागेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । उनले आज आफ्नो औपचारिक भ्रमण टुङ्ग्याउँदै स्वदेश फर्किन लागेका हुन् । 

भ्रमणको क्रममा कपुरले नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ बनाउने विषयमा उच्चस्तरीय भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्र मन्त्री शिशिर खनाल तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए ।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई अझ बलियो बनाउने र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ । कपुरले आगामी अमेरिकाको लगानी सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका सम्भावनाबारे पनि छलफल गरेका थिए । साथै, उनले अमेरिकी तथा नेपाली निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरी नेपालमा बढ्दो र गतिशील प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाहरूको बारेमा पनि कुराकानी गरेको दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उनले नेपालको बौद्धनाथ स्तूप र पाटन दरबार स्क्वायरको अवलोकन गरे । यी सम्पदाहरूको संरक्षणमा अमेरिकाले एम्बेस्डर फण्डमार्फत सहयोग गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप