सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल

बुधबार, ०९ वैशाख २०८३, १० : ४८
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कम्युनिस्ट आन्दोलनले उपलब्धि र क्षति दुवै बेहोरेको बताएका छन्।
  • उनले पार्टीको पराजय र क्षतिको जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्।
  • पौडेलले नीति, नेतृत्व र कार्यशैलीको वस्तुनिष्ठ समीक्षा गरी पार्टी पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी स्थापनादेखि आजसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण उपलब्धि हासिल गरेको र कहालीलाग्दो क्षति पनि बेहोरेको बताएका छन् । 

पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपाध्यक्ष पौडेलले संविधान जारीपछि कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाइको सरकार गठन गर्न सफल भएको दशक र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासकै सबैभन्दा ठुलो असफलता र पराजयको दशक बन्न पुगेको पनि बताएका छन् । 

साथै उनले सरकारको नेतृत्व गरेको एमाले पार्टी २०८२ भदौ २४ सम्म आइपुग्दा नराम्रोसँग सडकमा पछारिएको पनि बताएका छन् । 

‘फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठुलो हिस्साले हाम्रो पार्टीलाई अस्वीकार गरेका छन् । हामी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ९ स्थान र समानुपातिक समेत कूल २७५ मध्ये २५ स्थानमा खुम्चिन बाध्य भएका छौँ’, पौडेलले भनेका छन् । 

पौडेलले अविलम्ब समग्र नेपाली कम्युनिस्ट आन्दोलनको, विशेष गरी विगतको एक दशकको र पछिल्लो पटक सरकारको नेतृत्व गर्दादेखि आम निर्वाचन सम्पन्न हुँदा सम्मको वस्तुनिष्ठ र यथार्थपरक समीक्षा गर्न जरुरी रहेको बताएका छन् । 

‘नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा रहेका हाम्रा गल्ती, कमजोरीहरूलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन जरुरी छ’, पौडेलले भनेका छन्, ‘हामीले सफलता र उपलब्धिको जस लिए जसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी छ । समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरुरी छ ।’

bishnu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप