सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

गर्भपतन प्रकरण : थप दुई चिकित्सक प्रहरी नियन्त्रणमा

बुधबार, ०९ वैशाख २०८३, १२ : ३३
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • पाल्पाकी गीता पाण्डेको गर्भपतनका क्रममा भएको मृत्युको घटनामा संलग्न थप दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • मृतकका पतिले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

बुटवल । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा संलग्न दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खत्री नर्सिङ होमका सञ्चालक डा डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा सतिष रुपाखेतीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले ती चिकित्सक आफै प्रहरीमा उपस्थिति भएको बताए । मृतकका पति प्रकाश पाण्डेले आर्थिक लाभको उद्देश्यले चिकित्सकहरूले गम्भीर लापरबाही गरेको आरोप लगाउँदै डा खत्री र रुपाखेतीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

दुई चिकित्सकबाहेक जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दु लेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेमाथि पनि अनुसन्धान र कारबाहीको माग गर्दै बुटवल स्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको थियो। 

बस्नेत, घर्ती र पाण्डेलाई मंगलबार बिहान नै पक्राउ गरिएको प्रहरीले जनाएको छ। हिजो आफन्त चिकित्सक लापरबाहीले मृत्यु भएको आरोप उपचार गरेका तीन वटा संस्था संस्थामा तालाबन्दी गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप