भारत भ्रमणमा आउँदैछन् कान्ये वेष्ट
काठमाडौँ । अमेरिकी र्यापर कान्ये वेस्टले भारतमा पर्फम गर्ने भएका छन् । रिपोर्टका अनुसार कान्ये वेस्टको भारतमा डेब्यू कन्सर्ट पुष्टि भएको छ ।
सुरुमा मार्चमा तय गरिएको कन्सर्ट अन्तर्राष्ट्रिय परिस्थितिका कारण स्थगित गरिएको थियो । अब, कार्यक्रम नयाँ मितिसहित पुनः तालिकाबद्ध गरिएको छ ।
र्यापर आफैँले सामाजिक सञ्जालमा यस कन्सर्टको जानकारी शेयर गरेका छन् । यो भारतमा उनको पहिलो प्रत्यक्ष प्रस्तुति हुनेछ । यो उनको एकल कन्सर्ट हुने बताइएको छ ।
कहिले र कहाँ हुनेछ कन्सर्ट ?
रिपोर्टका अनुसार यो कन्सर्टमा हाई लेबल स्टेज, ठुला भिजुअल्स र शानदार ध्वनि अनुभव देख्न पाइनेछ । यसमा कान्येले आफ्नो करियरका धेरै हिट गीतहरू पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
यो कार्यक्रम २०२६ को मे २३ मा नयाँ दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा हुनेछ । विश्वभरका धेरै देशहरूमा कान्येका कन्सर्टलाई लिएर विवाद र रद्दका खबर आइरहँदा भारतमा कन्सर्ट गर्न लागेको खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण