सम्झनाको सानदार ब्याटिङमा नेपालको लगातार दोस्रो जित
सारांश
- आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले रुवान्डालाई २ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
- सम्झना खड्काको ४८ रनको सानदार ब्याटिङ र रचना चौधरीको ३ विकेटको मद्दतले नेपालले ८९ रनको लक्ष्य पूरा गरेको हो।
किगाली । आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले सङ्घर्षपूर्ण खेलमा रुवान्डालाई २ विकेटले पराजित गरेको हो ।
रुवान्डाले जितका लागि ८९ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले उक्त लक्ष्य १९.४ ओभरमा ८ विकेटको क्षतिमा पछ्यायो । नेपाल पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा पुनरागमन गर्दै इटालीलाई ५० रनले हराएको थियो ।
नेपाललाई जित दिलाउन सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ४२ बलमा ४८ रनको योगदान दिइन् । उनले यस क्रममा ७ चौका प्रहार गरिन् । उनले अर्की ओपनर विन्दु रावलसँग मिलेर अर्धशतकीय साझेदारी गरिन् । रावल भने १० रन बनाएर पभेलियन फर्किएकी थिइन् ।
कप्तान इन्दु वर्मा मात्र १ रन बनाएर रन आउट भइन् भने कविता कुँवर र कविता जोशीले पनि ठुलो योगदान दिन सकेनन् । पूजा महतो २० बलमा १३ रन बनाउँदै पभेलियन फर्किएपछि रुवि पोद्दारले पनि सस्तोमा आउट भइन् ।
रुविना क्षेत्रीले पनि २ रन मात्र बनाउन सकिन् । अन्तिममा रचना चौधरीले ३ रन जोड्दै नेपाललाई जित दिलाइन् । रुवान्डाका लागि जियोभानिस उवासेले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन् । जिसेल इसिम्वेले र हेनरीटे इसिम्वेले २-२ विकेट लिए ।
यसअघि, गहंगा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको रुवान्डाले १९.४ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनाएको थियो । टोलीका लागि एलिस इकुजवे सर्वाधिक १७ रनको योगदान दिइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् ।
त्यसैगरी, विकेटकिपर मर्भिल उवासेले १५ रन तथा क्लेरिस उवासेले १३ रन बनाइन् । खेलको अन्त्यतिर रोसिन इरेराले १२ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि रचना चौधरीले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् । कविता कुँवर र पूजा महतोले २-२ विकेट तथा मनिषा उपाध्याय र रिया शर्माले १-१ विकेट हात पारे ।
नेपालले आजको खेलपछि शुक्रबार भानुआटुसँग र आइतबार अमेरिकासँग खेल्ने तालिका छ। त्यसपछि २८ अप्रिलमा पुनः रुवान्डासँग, ३० अप्रिलमा भानुआटुसँग र अन्तिम खेल १ मेमा इटालीसँग खेल्ने तालिका छ।
च्यालेन्ज ट्रफी प्रतियोगिता आगामी १ मेसम्म रुवान्डामा चल्नेछ। च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण