सरकारले भन्यो– शून्य बाँकी फाइल सप्ताहमा फर्छ्योट नभएका फाइलबारे गुनासो गर्नू
काठमाडौँ । सरकारले सञ्चालन गरेको 'शून्य बाँकी फाइल सप्ताह' अभियानका क्रममा फर्छ्योट हुन नसकेका फाइलहरूबारे गुनासो गर्न सबै सरोकारवालालाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै गुनासाे गर्न भनेकाे हाे ।
गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा उक्त अभियान सञ्चालन गरिएको थियो। अभियानको उद्देश्य लामो समयदेखि अल्झिएका फाइलहरूलाई छिटोछरितो रूपमा टुङ्ग्याउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने रहेको थियो।
यद्यपि सो अवधिमा समेत फर्छ्यौट हुन नसकेका फाइलहरूबारे कुनै गुनासो वा समस्या भएमा नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको हेलो सरकार शाखामा सम्पर्क गर्न सक्ने जनाइएको छ।
गुनासो दर्ताका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ भने अनलाइनमार्फत पनि https/gunaso.opmcm.gov.np/register मा गई गुनासो पेस गर्न सकिने व्यवस्था छ।
सरकारले सबै नागरिकलाई आफ्नो समस्या तथा गुनासो समयमै दर्ता गरी सेवा सुधारमा सहयोग गर्न अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण