फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
फैसला कार्यान्वयनका लागि पक्राउ परेकाहरुबाट १०१ वर्ष १० महिना १९ दिन कैद भुक्तान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । उनीहरुबाट रु पाँच करोड ३६ लाख ५४ हजार १७ जरिवाना असुल गरिएको उनले बताए ।
सूचना अधिकारी खनालका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायको सक्रियता आवश्यक छ । उनले भने, “फैसला कार्यान्वयनका लागि प्रहरीले सादा पोसाक र बर्दिमा प्रहरी परिचालन गरिएको छ ।”
गत आवमा फैसला कार्यान्वयनका लागि ५८३ जना पक्राउ परेका थिए । उनीहरुबाट १२७ वर्ष छ महिना तीन दिन कैद भुक्तान भएको थियो । पक्राउ परेका उनीहरुले रु दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना भुक्तान गरेका थिए ।
फैसला कार्यान्वयनका क्रममा जिल्ला बाहिर कैद तथा जरिवाना भुक्तान गर्नुपर्नेहरुलाई पक्राउ गरिएको सूचना अधिकारी खनालले जानकारी दिए । कार्यालयले चालु आवमा ५३ सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाएको पाइएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण