आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

भ्रामक समाचार प्रकाशन प्रसारण नगर्न प्रहरीको आग्रह

बुधबार, ०९ वैशाख २०८३, २३ : ३३
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • सिन्धुली प्रहरीले भ्रमपूर्ण समाचार प्रकाशन नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
  • प्रहरीले श्रीकृष्ण विकको मृत्युबारे भ्रामक प्रचार भएकोमा ध्यानाकर्षण जनाएको छ।
  • घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन गरिएको र विवरण सार्वजनिक गरिनेछ।

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्ति सुरक्षामा नकारात्मक असर पार्ने किसिमका कुनै पनि सामग्री प्रकाशन, प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

प्रहरीले सुनकोशी गाउँपालिका–३ का श्रीकृष्ण विकको मृत्यु भएको घटनासँग सम्बन्धित तथ्यहीन, भ्रामक र अनर्गल प्रचार भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जबरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका विकको गत सोमबार इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षको शौचालयभित्र रडमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

उक्त घटनाका सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा पीडितका प्रतिनिधि, जिल्लास्थित दलित सङ्घसंस्था तथा सरोकारवाला निकायको सहभागितामा गठित सत्यतथ्य छानबिन समितिले कार्य प्रारम्भ गरिसकेको जनाइएको छ । त्यस घटनाका सन्दर्भमा यथार्थ विवरण उक्त समितिको कार्य सम्पन्न हुनासाथ सार्वजनिक गरिने पनि प्रहरीले स्पष्ट पारेको छ ।

sindhuli police notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप