राजस्थान रोयल्सद्वारा लखनउ सुपर जाइन्ट्स ४० रनले पराजित
सारांश
- इन्डियन प्रिमियर लिग २०२६ को खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई ४० रनले पराजित गरेको छ।
- राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको लखनउ १८ ओभरमा ११९ रनमै सीमित हुन पुग्यो।
काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत बुधबार भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्समाथि ४० रनको शानदार जित दर्ता गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो । राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ४३ रनको अविजित इनिङ खेले । त्यस्तै, यशस्वी जैसवाल र शिमरोन हेटमायरले समान २२–२२ रनको योगदान दिए । लखनउका तर्फबाट बलिङमा मोहसिन खान, प्रिन्स यादव र मोहम्मद शामीले समान २–२ विकेट लिएका थिए ।
१६० रनको लक्ष्य पछ्याएको लखनउ सुपर जाइन्ट्स १८ ओभरमा १ सय १९ रनमै समेटियो । लखनउका लागि मिचेल मार्सले ४१ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । निकोलस पुरनले २२ रन र हिम्मत सिंहले १५ रन जोडे ।
लखनउलाई सस्तैमा समेट्न राजस्थानका जोफ्रा आर्चरले घातक बलिङ गर्दै ३ विकेट लिए । त्यस्तै, ब्रिजेश शर्मा र नान्द्रे बर्गरले समान २–२ विकेट लिएपछि राजस्थानले सहज जित हात पारेको हो । यस जितसँगै राजस्थानले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण