अन्तर्राष्ट्रिय कागजात प्रमाणीकरण सेवाबारे परराष्ट्र सचिवको ध्यानाकर्षण
सारांश
- विदेशमा रहेका नेपालीहरूको कागजात प्रमाणीकरण प्रक्रियालाई सहज बनाउन परराष्ट्र सचिव अमृत बहादुर राईको ध्यानाकर्षण गराइएको छ।
- ह्याग अपोस्टिल कन्भेन्सनको सदस्यता भए पनि व्यावहारिक रूपमा सेवा कार्यान्वयन नहुँदा नेपालीहरूले झन्झट भोगिरहेको विषय उठाइएको छ।
- परराष्ट्र सचिव राईले सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै यस विषयमा सकारात्मक निर्णय लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । विदेशमा बसोबास गर्ने नेपालीहरूको कागजात प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने उद्देश्यले कागजात प्रमाणीकरण (Apostille) प्रणालीको आवश्यकता सम्बन्धमा परराष्ट्र सचिव अमृत बहादुर राईको ध्यानाकर्षण गराइएको छ।
बिहीबार पोर्चुगल निवासी गङ्गा बहादुर नेम्कुलले विश्वभर रहेका नेपालीहरूले भोग्दै आएको कागजात प्रमाणीकरणसम्बन्धी समस्या र डिजिटल युगअनुसार Apostille प्रणालीको अपरिहार्यताबारे जानकारी गराउँदै औपचारिक रूपमा ध्यानाकर्षण गराएका हुन्।
नेपाल Hague Apostille Convention को सदस्यता प्राप्त देश भए पनि व्यवहारिक रूपमा Apostille सेवा प्रभावकारी रूपमा कार्यान्वयन नभएको कारण पोर्चुगल लगायत विभिन्न देशमा रहेका नेपालीहरूले अनेकन झन्झट र दुःख भोग्नुपरेको नेम्कुलले बताए।
साे क्रममा परराष्ट्र सचिव राईले नेपाल सरकारले यस विषयमा आवश्यक गृहकार्य गरिरहेको जानकारी दिँदै अर्थ मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै विदेशमा रहेका नेपालीहरूलाई सकारात्मक खबर दिने बताए।
आगामी हेग अपोस्टिल सम्मेलन बैठक २०२६ (मोरक्को) बैठकलाई मध्यनजर गर्दै Apostille सेवाको कार्यान्वयनतर्फ नेपाल सरकारले थप पहल गर्ने अपेक्षा गरिएको छ।
उक्त भेटघाटमा अभियानकर्ता गङ्गा बहादुर नेम्कुलसँगै गङ्गा श्रेष्ठ र सञ्चारकर्मी राजु लामिछानेलगायत उपस्थित थिए।
विदेशमा रहेका नेपालीहरूका लागि Apostille सेवा प्रभावकारी रूपमा लागू भएमा कागजात प्रमाणीकरण प्रक्रिया छिटो, सरल र विश्वसनीय बन्ने विश्वास गरिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुससहित सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ
-
अमेरिकामा लरेन्स बिश्नोई र गाल्डी बरारमाथि मुद्दा दायर
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको प्रतिज्ञा
-
दाङमा पाँच हजार बढीको परीक्षण गर्दा छ सय पचासमा सिकलसेलको लक्षण
-
अमेरिकाको टेक्सासमा आप्रवासन अधिकारीको गोलीबाट एक जनाको मृत्यु
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण