प्रधानमन्त्री कप एनभिए भलिबल लिग : पुरुषतर्फ हेल्प नेपालकाे विजयी सुरुवात
काठमाडौँ । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लबले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको खेलमा हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा हेल्प नेपाल २५–१३, २५–१७ र २५–१८ ले विजयी भएको हो ।
त्यस्तै प्रतियोगिता अन्तर्गत महिलातर्फ विभागीय टोली एपीएफ क्लब र साबिक विजेता नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । खेलमा एपिएफ २५–२३,१७–२५,२५–१९,२५–१९ ले विजयी भएको थियो ।
त्यस्तै पुलिस क्लबले एभरेस्ट भलिबल क्लबमाथि ३–० को सहज जित निकाल्यो । पुलिसले २६–२४, २५–१६ र २५–१८ ले जित हासिल गरेको हो । नेपाल भलिबल सङ्घको आयोजनामा भएको बिहीबारबाट सुरु
प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन् । महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख, दोस्रोले ५ लाख र तेस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने सङ्घले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण