स्ट्रेट अफ होर्मुजबाट उठेको पहिलो राजस्व इरानी केन्द्रीय बैंकमा जम्मा
तेहरान । इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजमाथि लगाएको टोल फी बापतको पहिलो लटको राजस्व आम्दानी गरेको छ ।
इरानी संसदका उपसभामुख हमिदरेजा हाजिबाबाईले बताएअनुसार होर्मुज प्रयोग बापतको शुल्कबाट उठेको पैसा केन्द्रीय बैंकको खातामा जम्मा गरिएको बताएका छन् । इरानको अर्धसरकारी समाचार एजेन्सीले समाचारमा कति शुल्क संकलन भयो वा कुन देशका जहाजबाट लिइयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । आफूले स्वतन्त्र रूपमा यसको पुष्टि गर्न नसकेको बीबीसीले बताएको छ ।
स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्न इरानले कति शुल्क लिइरहेको छ भन्ने स्पष्ट छैन । हालको युद्धविरामअघि इरानले उक्त जलमार्ग 'मित्र राष्ट्रहरू' का लागि मात्र खुला गरेको बताएको थियो र त्यहाँबाट गुज्रिने जहाजबाट शुल्क उठाउनेबारे चर्चा भएको थियो । तर कति शुल्क लिइयो वा वास्तवमै लिइयो कि लिइएन भन्ने स्पष्ट गरिएको थिएन । यसअघि मार्च अन्त्यतिर भारतस्थित इरानी दूतावासले जहाजलाई मार्ग प्रयोग गर्न २० लाख डलर शुल्क लिइएको भन्ने दाबी अस्वीकार गरेको थियो ।
यसैबिच, अर्का वरिष्ठ सांसद अलिरेजा सलिमीले पनि तास्निम न्युज एजेन्सीसँग कुरा गर्दै 'विश्वसनीय स्रोतहरूबाट सुनेअनुसार इरानले ट्रेट अफ होर्मुज भएर जाने जहाजहरूबाट शुल्क संकलन गरिरहेको' बताएका छन् । उनका अनुसार शुल्क जहाजको प्रकार, बोकिएको सामानको मात्रा तथा जोखिमको स्तरअनुसार फरक–फरक छन् ।
शुल्क कसरी तथा कति उठाउने भन्ने निर्णय इरानले नै गर्ने उनको भनाइ छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शुल्क तिरेर ट्रेट अफ होर्मुज भएर प्रयोग गर्ने जहाजहरूलाई धम्की दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण