परराष्ट्र मन्त्री र श्रीलङ्काली राजदूतबिच भेटवार्ता
सारांश
- परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्ती डेलपिटियाबिच शिष्टाचार भेटवार्ता भएको छ।
- भेटका क्रममा दुई देशबिचको ऐतिहासिक सम्बन्ध, पर्यटन, संस्कृति र व्यापारिक सहकार्यका विषयमा छलफल भएको छ।
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि श्रीलङ्काकी राजदूत महामहिम रुवान्ती डेलपिटियाबिच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा नेपाल र श्रीलङ्काबिचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा गहन छलफल भएको हो।
भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विविध आयाम, आपसी हितका विषय र विभिन्न क्षेत्रमा हुन सक्ने सम्भावित सहकार्यका बारेमा कुराकानी भएको मन्त्रालयले जनाएको छ। राजदूत डेलपिटियालाई मन्त्रालयमा स्वागत गर्दै मन्त्री खनालले श्रीलङ्का नेपालको पुरानो र घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गरे।
उनले आगामी दिनमा पर्यटन, संस्कृति र व्यापारिक क्षेत्रमा दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पुर्याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए।
जवाफमा राजदूत डेलपिटियाले आफ्नो कार्यकालमा दुई देशबिचको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउन सक्रिय भूमिका खेल्ने विश्वास दिलाइन्। भेटघाटमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण