मालपोत र नापीको काम गर्न चाहने स्थानीय तहका लागि आवेदन आह्वान
सारांश
- भूमि व्यवस्था मन्त्रालयले मालपोत र नापीका सेवा स्थानीय तहबाट प्रवाह गर्न इच्छुक नगर तथा गाउँपालिकासँग आवेदन आह्वान गरेको छ।
- सेवा सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्था सम्बन्धित स्थानीय तह आफैँले गर्नुपर्ने सर्त राखिएको छ।
- इच्छुक स्थानीय तहले सूचना प्रकाशित भएको सात दिनभित्र आफ्नो आवेदन दिइसक्नुपर्ने मन्त्रालयले जनाएको छ।
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू स्थानीय तहबाट प्रवाह गर्न चाहने गाउँपालिका तथा नगरपालिकासँग आवेदन आह्वान गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक स्थानीय तहलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो । नेपालको संवैधानिक प्रावधानअनुसार भूमि प्रशासनसम्बन्धी सेवाहरूलाई विकेन्द्रीकरण गर्दै स्थानीय तहबाटै प्रवाह गर्ने उद्देश्यले मन्त्रालयले यो कदम चालिएको जनाएको छ।
मन्त्रालयका अनुसार मालपोत र नापीको सेवा आफ्नो पालिकाबाट दिन चाहने स्थानीय तहले एउटा मुख्य सर्त भने पूरा गर्नुपर्नेछ। सेवा प्रवाहका लागि आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारको सम्पूर्ण व्यवस्था स्थानीय तह आफैँले गर्नुपर्नेछ।
इच्छुक स्थानीय तहले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो आवेदन दिइसक्नुपर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण