सञ्जु सामसनको विस्फोटक शतक, चेन्नईद्वारा मुम्बई १०३ रनले पराजित
सारांश
- इन्डियन प्रिमियर लिग २०२६ को खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ सय ३ रनले पराजित गरेको छ।
- चेन्नईका सञ्जु सामसनले ५४ बलमा अविजित १ सय १ रनको विस्फोटक शतक प्रहार गरेका छन्।
- बलिङतर्फ चेन्नईका अकिल होसेनले ४ विकेट लिँदै मुम्बईलाई १ सय ४ रनमै समेटेका छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि १ सय ३ रनको विशाल जित दर्ता गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रनको बलियो योगफल तयार पारेको थियो । चेन्नईको जितमा सञ्जु सामसनले विस्फोटक शतकीय इनिङ्स खेले । उनले मात्र ५४ बलको सामना गर्दै अविजित १०१ रन जोडेका थिए । त्यस्तै, कप्तान ऋतुराज गायकवाडले २२ रन र डेवाल्ड ब्रेभिसले २१ रनको योगदान दिए । मुम्बईका लागि बलिङतर्फ अल्लाह गजनफर र अश्वनी कुमारले समान २–२ विकेट लिए ।
२०८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १९ ओभरमा मात्र १०४ रनमा समेटिन पुग्यो । मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३७ र सूर्यकुमार यादवले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । मुम्बईलाई सस्तैमा समेट्न चेन्नईका बलर अकिल होसेनले घातक बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, नुर अहमदले २ विकेट झारे भने गुर्जपनीत सिंहको नाममा १ विकेट रह्यो ।
यो महत्वपूर्ण जितसँगै चेन्नई सुपर किंग्सले ७ खेलबाट ६ अंक जोडेको छ । पराजित मुम्बई इन्डियन्सको भने ७ खेलबाट समान ४ अंक मात्र रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण