नेपालविरुद्धको खेलमा अम्पायरमाथि खोट लगाउँदा यूएईका कप्तान वासिमलाई कारबाही
सारांश
- नेपालविरुद्धको खेलमा अम्पायरको निर्णयप्रति सार्वजनिक असन्तुष्टि जनाएपछि यूएईका कप्तान मुहम्मद वासिम कारबाहीमा परेका छन्।
- आईसीसीले वासिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना र एक डिमेरिट अंकको सजाय सुनाएको छ।
- आफ्नो गल्ती स्वीकार गरेपछि म्याच रेफ्रीले तोकेको सजायलाई वासिमले स्वीकार गरेका छन्।
काठमाडौँ । कीर्तिपुरमा नेपालविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा अम्पायरको निर्णयप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि संयुक्त अरब इमिरेट्स (यूएई) का कप्तान मुहम्मद वासिम कारबाहीमा परेका छन्।
खेलको पहिलो बलमै एलबीडब्लु आउट भएपछि अम्पायरले पक्षपात गरेको भन्दै विवादास्पद बयान दिएका उनलाई आईसीसीले म्याच फीको १५ प्रतिशत जरिवाना र एक डिमेरिट अंकको सजाय सुनाएको हो। नेपालसँग आठ विकेटले पराजित भएपछि आयोजित पुरस्कार वितरण समारोहमा वासिमले अम्पायरिङमाथि प्रश्न उठाएका थिए, जसलाई आईसीसीले आचारसंहिता उल्लंघनको रूपमा लिएको छ।
वासिमले आफू आउट हुँदा बल लेग साइडतिर स्विङ भइरहेको संकेत गर्दै तत्कालै असन्तुष्टि पोखेका थिए। उनलाई आईसीसी आचारसंहिताको धारा २.७ अनुसार लेभल १ को अपराधमा दोषी पाइएको हो। जसमा न्यूनतम आधिकारिक चेतावनीदेखि अधिकतम ५० प्रतिशत म्याच फी काटिने र डिमेरिट अंक थपिने प्रावधान छ।
पछिल्लो २४ महिनामा वासिमले यस्तो गल्ती गरेको यो पहिलो पटक हो। मैदानमा खटिएका अम्पायरहरू बुद्धि प्रधान र विनय कुमारका साथै तेस्रो अम्पायर दुर्गा सुवेदी र चौथो अम्पायर सञ्जय सिग्देलले उनीविरुद्ध उजुरी दर्ता गरेका थिए।
म्याच रेफ्री वेन्डेल लाब्रूईले तोकेको सजायलाई वासिमले स्वीकार गरिसकेका छन्। उनले आफ्नो गल्ती स्वीकार गरेपछि यस विषयमा थप औपचारिक सुनुवाइ गर्नुपर्ने आवश्यकता रहेन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण