सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

महोत्तरी प्रशासन र हुलाकबिच समझदारी, अब घर घर मै राहदानी

शुक्रबार, ११ वैशाख २०८३, ०९ : ५७
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • महोत्तरी प्रशासन र हुलाक कार्यालयबिचको समझदारीपछि अब सेवाग्राहीले आफ्नो घरमै राहदानी प्राप्त गर्न सक्ने भएका छन्।
  • नेपाल सरकारको १०० बुँदे कार्यसूचीअनुसार राहदानीलाई हुलाक सेवामार्फत सुरक्षित रूपमा घरसम्म पुर्‍याउने व्यवस्था गरिएको हो।
  • यस नयाँ व्यवस्थाले सेवाग्राहीको समय र खर्च बचत गर्दै राहदानी लिन कार्यालयमै धाउनुपर्ने बाध्यता अन्त्य गरेको छ।

जनकपुरधाम । सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ । अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन् ।

नेपाल सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत बुँदा नं. २७ कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला हुलाक कार्यालयबिच समझदारी भएपछि उक्त सेवा सुरु गरिएको हो ।

सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायबिच समन्वयलाई थप मजबुत बनाइने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादव र जिल्ला हुलाक कार्यालय महोत्तरीका हुलाक अधिकृत रामचन्द्र साहले समझदारीपत्रमा हस्ताक्षर गरी राहदानी वितरण सेवा सुरु गरिएको हो ।

सम्झौताअनुसार सेवाग्राहीले राहदानीका लागि आवेदन दिँदा उल्लेख गरेको ठेगानामा नेपाल हुलाक सेवामार्फत सुरक्षित रूपमा राहदानी पुर्‍याइनेछ। हुलाक कार्यालयले राहदानी सुरक्षित ढुवानी, प्राप्तकर्ताको पहिचान पुष्टि गरी हस्तान्तरण गर्ने तथा वितरणसम्बन्धी अभिलेख राख्ने जिम्मेवारी लिनेछ।

यसअघि राहदानी लिन सेवाग्राही आफैं कार्यालय पुग्नुपर्ने बाध्यता रहेकामा नयाँ व्यवस्थाले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ। विशेषगरी ग्रामीण भेगका नागरिकलाई यसबाट बढी लाभ पुग्ने अपेक्षा गरिएको छ।

कार्यालयले आवेदन फाराम भर्दा आफ्नो ठेगाना, सम्पर्क विवरण स्पष्ट र सही उल्लेख गर्न सेवाग्राहीलाई आग्रह गरेको छ। साथै, सेवा प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायबिच समन्वयलाई थप मजबुत बनाइने  उद्देश्य सहित जिल्ला प्रशासन कार्यालय महोत्तरी को तर्फबाट प्रशासकीय अधिकृत कामेश्वर यादव र जिल्ला हुलाक महोत्तरीको तर्फबाट हुलाक अधिकृत रामचन्द्र साहले  समझारीपत्रमा हस्ताक्षर गरेर राहदानी सम्बन्धी काम अघि बढाएको छ। 

mahottari hulak ra cdo bich samjhauta

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप