मोरङ प्रहरीको ‘स्वीप अप्रेसन’ : ७२ जना पक्राउ
सारांश
- मोरङ प्रहरीले लागूऔषध, चोरी र गुण्डागर्दी नियन्त्रण गर्न विशेष 'स्वीप अप्रेसन' सञ्चालन गरेको छ।
- उक्त सुरक्षा कारबाहीका क्रममा जिल्लाका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा संलग्न ७२ जनालाई पक्राउ गरिएको छ।
- पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी कार्यालयहरूले सञ्चालन गरेको विशेष सुरक्षा कारबाही (स्वीप अप्रेसन) अन्तर्गत ७२ जनालाई पक्राउ गरिएको छ।
जिल्लामा बढ्दै गएको लागूऔषधको कारोबार, चोरी, गुण्डागर्दी र सामाजिक अशान्तिलाई नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले यो अप्रेसन चलाएको हो।
प्रहरीका अनुसार बिहीबार बेलुका ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्ममा जिल्लाका विभिन्न वडा र क्षेत्रहरूमा सञ्चालन गरिएको थियो। रातभरिको उक्त खोजतलास अभियानमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, समाजमा अराजकता फैलाउने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन यो कदम चालिएको हो।
पक्राउ परेका ७२ जनामाथि हाल आवश्यक थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण