मानवअधिकार सङ्कटमा परिणत गर्ने जोखिम हुन्छ : एमनेस्टी
सारांश
- एमनेस्टी इन्टरनेसनलले सुकुमवासी बस्ती खाली गर्ने सरकारी योजना तत्काल रोक्न सरकारलाई सचेत गराएको छ।
- काठमाडौँ महानगरपालिकाले थापाथली, मनोहरा र सिनामङ्गलका बस्ती खाली गर्न २४ घण्टे समय सीमा तोकेको थियो।
- जबरजस्ती निष्कासनले मानवअधिकार सङ्कट निम्त्याउने भन्दै एमनेस्टीले गहिरो चिन्ता व्यक्त गरेको छ।
काठमाडौँ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सुकुमवासी बस्तीहरू खाली गर्ने सरकारी योजना योजना तत्काल रोक्न सरकारलाई सचेत गराएको छ । एमनेस्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।
एम्नेस्टीले पहिले नै देखि सीमान्तकृत रहेका सयौँ व्यक्ति र परिवारहरूलाई आवास विहीन बनाउने जोखिमतासहित प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा बलहरूलाई काठमाडौँका अव्यवस्थित बस्तीहरू खाली गर्न निर्देशन दिएको भन्ने मिडिया रिपोर्टहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
‘दुई दिन भित्रै गरिने भनिएका यी निष्कासनहरूले नेपालको घरेलु र अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वहरू र विधिको शासनप्रतिको ठाडो उपेक्षालाई दर्शाउँदछ’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक नीराजन थपलियाले भनेका छन्– ‘यस्ता कार्यहरू योजनाबद्ध, मानवीय र समयबद्ध प्रक्रियामार्फत भूमिहीन सुकुम्बासीहरूको लामो समयदेखिको समस्यालाई सम्बोधन गर्ने सरकारको सार्वजनिक प्रतिबद्धता विपरीत हुनेछ ।’
सरकारले थापाथली, मनोहरा र सिनामङ्गलमा रहेका नदी किनारका तीन बस्तीहरूबाट सुकुम्वासी हटाउने तयारी गरेको छ । काठमाडौँ महानगरपालिकाले ती स्थान खाली गर्न बिहीबार बेलुका नै २४ घण्टे समय सीमा तोकेको थियो ।
‘जबरजस्ती निष्कासन गर्ने कार्यले विधिको शासनको खतरनाक क्षयीकरणलाई प्रतिबिम्बित गर्दछ र यसले बढ्दो अधिनायकवादी दृष्टिकोणलाई इङ्गित गर्दछ’, एमनेस्टीले भनेको छ, ‘पूर्व प्रमाणीकरण, अर्थपूर्ण परामर्श, वा वैकल्पिक आवासको सुनिश्चितता बिना परिवारहरूलाई निष्कासन गर्ने कार्यले उक्त प्रतिबद्धतालाई कमजोर बनाउँछ र एउटा सुशासनको चुनौतीको सवाललाई सजिलै टार्न सकिने मानवअधिकार सङ्कटमा परिणत गर्ने जोखिम हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण