स्वास्थ्यसम्बन्धी कठिनाइ झेलिरहेका चलचित्रकर्मीलाई बोर्डले गर्यो आर्थिक सहयोग
सारांश
- चलचित्र विकास बोर्डले अस्वस्थ रहेका सात जना चलचित्रकर्मीहरूलाई कल्याणकारी कोषबाट आर्थिक सहयोग प्रदान गरेको छ।
- विभिन्न विधामा योगदान पुर्याएका स्रष्टाहरूको सम्मान र कठिन समयमा साथ दिने उद्देश्यले उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।
काठमाडौँ । चलचित्र विकास बोर्ड अन्तर्गत सञ्चालित ‘चलचित्रकर्मी कल्याणकारी कोष’ बाट सात जना अस्वस्थ तथा स्वास्थ्यसम्बन्धी कठिनाइ झेलिरहेका चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ। नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधाबाट महत्त्वपूर्ण योगदान पुर्याएका स्रष्टाहरूको सम्मान र कठिन समयमा साथ दिने उद्देश्यले बिहीबार बोर्डले कार्यालयमा आयोजित एक कार्यक्रमबिच उक्त सहयोग प्रदान गरेको हो ।
सहयोग प्राप्त गर्ने चलचित्रकर्मीहरूमा कलाकार रोमा विष्ट, कलाकार क्षितिजा शाक्य, द्वन्द्व कलाकार फडेन्द्रबहादुर विश्वकर्मा, निर्देशक पासाङ तेम्बा शेर्पा, चलचित्र पत्रकार शान्तिप्रसाद उपाध्याय र निर्माता प्रवीण थापा रहेका छन् । यस्तै, दिवङ्गत वरिष्ठ शृङ्गारकर्मी स्व. अशोक रोक्काको परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक तथा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, कोषका सदस्यहरू मोहन निरौला, नारायण प्रधान, जनकदीप पराजुली र पुष्कर लामाको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार, प्राविधिक, पत्रकार तथा समग्र चलचित्रकर्मीहरूको सम्मान, सुरक्षा र कल्याणप्रति सदैव प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानो स्टक सकिन लाग्यो, राहदानी छपाइ अब के हुन्छ ?
-
सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण