सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन : सरकारका प्रवक्ता
सारांश
- सरकारले सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग नगर्ने स्पष्ट पारेको छ ।
- बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।
- सरकारले वास्तविक सुकुमबासीको पहिचान गरी दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँ । सरकारले सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग नगर्ने बताएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले विभिन्न सुकुमबासी बस्तीमा बाढी आएपछि सरसामान छाडेर भाग्नुपर्ने अवस्था आएकाले उनीहरूलाई स्थानान्तरण गर्न लागेको बताए ।
‘सुकुमबासी बस्तीमा जबरजस्ती प्रहरी बल प्रयोग गरेर डोजर लाउने योजना छैन’,मन्त्री पोखरेलले भने, ‘अनुरोध गरेर, सरकारले सेफ ठाउँमा सार्ने प्रक्रिया अघि बढाएको हो ।’
उनले सुकुमबासीमाथि विगतमा धेरै राजनीति हुँदै आएको भन्दै अहिलेको सरकारले राजनीति नगर्ने दाबी गरे । ‘हामी राजनीति गर्ने पक्षमा छैनौ । अहिले बस्ती स्थानान्तरण गर्न थालेका बाहेक देशका सबै ठाउँका सुकुमबासीको दीर्घकालीन समाधान हुन्छ ।’
उनले सरकारले वास्तविक सुकमबासीको पहिचान गर्ने र उचित व्यवस्थापन गर्ने तयारी गरिरहेको बताए । स्थानान्तरण गर्न लागिएकाहरूलाई सुरक्षित स्थानमा राखिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण