मन्त्रिपरिषद् बैठक
‘अध्यादेशको पक्षमा सरकार छैन, बिजनेस दिन अधिवेशन स्थगित’
शुक्रबार, ११ वैशाख २०८३, १६ : ५५
सारांश
- सरकारले संसद्लाई पर्याप्त बिजनेस उपलब्ध गराउनका लागि संसद् अधिवेशन स्थगित गरेको जनाएको छ।
- सरकार अध्यादेश ल्याउने पक्षमा नरहेको प्रवक्ता सस्मित पोखरेलले स्पष्ट पारेका छन्।
काठमाडौँ । सरकारले संसद्लाई पर्याप्त बिजनेस दिनका लागि यसअघि बोलाएको संसद्को अधिवेशन स्थगित गर्नुपरेको जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् ।
‘संसद्लाई पर्याप्त बिजनेस दिनका लागि संसद् अधिवेशन स्थगित गरिएको हो’, मन्त्री पोखरेलले भने, ‘सरकारले विधेयकमार्फत नै कानुन बनाउने हो ।’
उनले सरकार अध्यादेश ल्याउने पक्षमा नरहेको पनि बताए । ‘सरकारले अध्यादेश ल्याउँदैन’, मन्त्री पोखरेलको भनाइ छ ।
यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते संसद्को दुवै अधिवेशन आह्वान गरे पनि बैठक नै नबसी बिहीबार पुन ‘विशेष कारणवश’ संसद् अधिवेशन स्थगित भएको सूचना राष्ट्रपति कार्यालयले जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बन्दसत्रमा के-के हुन्छ ?
-
रास्वपाका महाधिवेशन प्रतिनिधिलाई ५ हजार स्वेच्छिक
-
रास्वपाको बन्दसत्रमा देखिएनन् बालेन
-
रविले स्वीकारे पार्टीभित्र विवाद रहेको विषय, विवाद सडकमा नलैजान निर्देशन
-
रास्वपा महाधिवेशन : नेतृत्व चयनका लागि कडा मापदण्ड
-
सत्ताको लोभ र शक्तिको भोकले कांग्रेसको साख गिर्यो, अब जनताको भरोसा जित्नुपर्छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण