बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

पवन गोल्यानको प्रष्टीकरण– दीपक भट्टसँग कुनै व्यवसायिक साझेदारी छैन

शुक्रबार, ११ वैशाख २०८३, १७ : ४८
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • व्यवसायी पवन गोल्यानले दीपक भट्टसँग आफ्नो कुनै व्यावसायिक साझेदारी नरहेको स्पष्ट पारेका छन्।
  • उनले हिमालयन रिइन्स्योरेन्समा आफ्नो कुनै पनि प्रकारको लगानी नरहेको जानकारी दिएका छन्।
  • गलत समाचारले आफ्नो सामाजिक प्रतिष्ठा र पारिवारिक विरासतमा आघात पुर्‍याएको गोल्यानले बताएका छन्।

काठमाडौँ । व्यवसायी पवन गोल्यानले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा रहेका व्यवसायी दीपक भट्टसँग आफ्नो कुनै व्यावसायिक साझेदारी र सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। 

शुक्रबार विज्ञप्ति जारी गर्दै उनले हिमालयन रिइन्स्योरेन्समा समेत आफ्नो कुनै पनि प्रकारको लगानी नरहेको प्रस्ट पारेका हुन् । भट्टसँग नाम जोडेर केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको भन्दै गोल्यानले उक्त समाचार पूर्ण रूपमा भ्रामक, अप्रमाणित र कपोलकल्पित भएको दाबी गरेका छन् । 

‘व्यवसायी दीपक भट्टसँग मेरो कुनै साझेदारी वा व्यावसायिक सम्बन्ध छैन,’ उनले भनेका छन्, ‘हिमालयन रिइन्स्योरेन्स लिमिटेडमा समेत मेरो कुनै पनि प्रकारको (संस्थापक तथा साधारण) शेयर कुनै पनि कालखण्डमा रहेको छैन ।’

तथ्यहीन र अनर्गल समाचारले आफ्नो दशकौँदेखि आर्जित सामाजिक मान–प्रतिष्ठा र ७० वर्षभन्दा बढी समयदेखि स्थापित पारिवारिक विरासतमा गम्भीर आघात पुर्‍याएको उनको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप