संसद् स्थगनप्रति कांग्रेसकाे आपत्ति, तत्काल बैठक सञ्चालन गर्न माग
सारांश
- नेपाली कांग्रेसले संसद् अधिवेशन नबस्दै स्थगन गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल बैठक सञ्चालन गर्न सरकारसँग माग गरेको छ।
- बैठकले संसदीय दलको विधान संशोधन गर्दै समन्वय समितिको संयोजकमा विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएको छ।
- कांग्रेसले सिन्धुलीमा हिरासतमा मृत्यु भएका कृष्ण विकको घटनाको निष्पक्ष छानबिन गर्न र इरानमा पक्राउ परेका नेपालीको रिहाइका लागि पहल गर्न माग गरेको छ।
काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् अधिवेशन बैठक नबस्दै स्थगन गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल संसद् सञ्चालन गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आह्वान गरिएको अधिवेशन बैठक नबस्दै स्थगन गर्नु संसदीय परम्परा र संवैधानिक नैतिकताको विपरीत भएको ठहर गरेको हो।
कांग्रेसले संसद् जस्तो सर्वोच्च जनप्रतिनिधिमूलक संस्थालाई कार्यपालिकाको ‘औजार’ बनाउने जोखिम बढेको भन्दै पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ। बैठकले “विशेष कारण” भन्दै संसद् स्थगन गर्नु नागरिकको सुसूचित हुन पाउने अधिकारमाथि आघात भएको जनाएको छ।
लोकतन्त्र दिवसमा प्रतिबद्धता दोहोर्याइयो
बैठकले लोकतन्त्र दिवसको अवसरमा लोकतान्त्रिक मूल्य, सहिष्णुता र उत्तरदायित्वप्रति दृढ रहन सबैमा आह्वान गर्दै लोकतन्त्रलाई सुदृढ र समावेशी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।
संसदीय दलको विधान संशोधन
कांग्रेस संसदीय दलको विधान समयानुकूल संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार समन्वय समितिको संयोजकमा विश्वप्रकाश शर्मालाई तोकिएको छ भने सदस्यहरूमा पुष्पा भुसाल, प्रदीप पौडेल र गुरुराज घिमिरे रहेका छन्।
विद्यार्थी राजनीतिमा सुधारको आवश्यकता
बैठकले विद्यार्थी संगठनहरू वैधानिक भएको उल्लेख गर्दै तिनको गतिविधिमा सुधार आवश्यक रहेको जनाएको छ। आचारसंहिता, आर्थिक पारदर्शिता, उमेर तथा कार्यकाल सीमा र मेरिटोक्रेसी लागू गर्नुपर्नेमा जोड दिइएको छ।
सुकुम्बासी समस्या समाधानमा जोड
कांग्रेसले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक लाभग्राहीको पहिचान गरी कानुनी र मानवीय आधारमा समाधान गर्न सरकारलाई आग्रह गरेको छ।
हिरासत मृत्युबारे छानबिन माग
सिन्धुलीमा प्रहरी हिरासतमा २२ वर्षीय कृष्ण विकको मृत्युबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ।
इरानमा पक्राउ परेका नेपालीबारे चासो
इरानी सैनिकद्वारा पक्राउ परेका अमृत झाको अवस्थाबारे यथार्थ जानकारी सार्वजनिक गर्न र शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ सुरु
-
न्युजिल्यान्डविरुद्ध बेल्जियमको गोलवर्षा
-
धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
-
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण