सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

शुक्रबार, ११ वैशाख २०८३, २२ : १७
शुक्रबार, ११ वैशाख २०८३

भक्तपुर ।  भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ महिनाका सैन्य तालिम सम्पन्न गरेका ९६ जना सिपाहीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सूर्यविनायकस्थित ब्यारेकमा आयोजना गरिएको दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा ९६ सैन्यलाई सिनं १ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि सुनिलसिंह राठौडले नेपाली सेनाको सैनिक पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्  ।

कार्यक्रममा उनले तालिमप्राप्त सिपाहीहरूले प्रदर्शन गरेको दलेल कवाज अवलोकन गरे । उनले तालिममा सर्वोत्कृष्ट र उत्कृष्ट सैनिकलाई पुरस्कार प्रदान गरे । उनले देश, जनता, राष्ट्र, राष्ट्रियताको रक्षाका लागि आफ्नो ज्यानको बाजी राखेर भए पनि सधैँ कटिबद्ध भएर लाग्न निर्देशन दिए । राष्ट्र, राष्ट्रियतालाई आफ्नो शिरमा राखेर देशप्रति बफादार भएर लाग्न निर्देशन दिए ।

कार्यक्रममा रणशेर गण सूर्यविनायक ब्यारेकका गणपति नीरजप्रताप जबराले नयाँ भर्ना भई यसै ब्यारेकमा नौ महनाको तालिम सम्पन्न गरी आजबाट नेपाली सैनिक जवानको रूपमा देश र जनताको रक्षाका लागि सदैव लाग्न आग्रह गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप