अपडेट
सुकुमबासी बस्तीमा पुग्यो डोजर
शनिबार, १२ वैशाख २०८३, ०८ : १६
सारांश
- काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन डोजर पुगेको छ।
- बागमती नदी किनारका अनधिकृत संरचना हटाउन सुरक्षा व्यवस्था कडा पारिएको छ।
- महानगर प्रहरीले थापाथलीपछि गैरीगाउँको बस्ती पनि हटाउने तयारी गरेको छ।
काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर पुगेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर तैनाथ भएका हुन् ।
थापाथलीमा डोजर आइपुगेपछि प्रहरीले सुकुमबासी बस्ती भित्र छिरेर घर घर गएर माइकिङ गरिरहेको छ । सबै मान्छेलाई बाहिर निकाल्न प्रहरी खटिएको छ भने डोजर स्ट्यान्डबाई राखिएको छ ।
सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् ।
काठमाडौँ महानगर प्रहरी बलका अनुसार पहिले थापाथली र त्यसपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण