सर्लाही नाकाबाट तस्करी भएका चिनियाँ लसुन र बीउ भारतमा बरामद, दुई जना नियन्त्रणमा
सारांश
- सर्लाहीका सीमा नाका हुँदै भारततर्फ तस्करी गरिएको ठूलो परिमाणको चिनियाँ लसुन र काँक्रोको बीउ भारतीय सुरक्षाकर्मीले बरामद गरेका छन्।
- एसएसबीको टोलीले तस्करीमा संलग्न दुई व्यक्ति र दुईवटा बोलेरो पिकअप गाडीसमेत नियन्त्रणमा लिएको छ।
- बरामद गरिएका सामान र पक्राउ परेका व्यक्तिहरूलाई थप कारबाहीका लागि सोनबरसा भन्सार कार्यालयमा बुझाइएको छ।
सर्लाही । सर्लाहीका विभिन्न सीमा नाकाबाट भारततर्फ तस्करी गरी पठाइएको चिनियाँ सामान भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । सखुअवा र संग्रामपुर नाका प्रयोग गरी भारत पुर्याइएको चिनियाँ लसुन र काँक्रोको बीउ भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले बरामद गरेको हो ।
शुक्रबार भारतको सीतामढी जिल्लाअन्तर्गत लालबन्दी नाकामा खटिएको एसएसबी टोलीले दुई वटा महिन्द्रा बोलेरो पिकअपबाट ठूलो परिमाणमा सामान बरामद गरेको जनाएको छ ।
बरामद गरिएको चिनियाँ लसुन ६७ पोका अर्थात् करिब १ हजार २०६ किलोग्राम रहेको छ भने काँक्रोको बीउ ३ हजार ७२४ किलोग्राम फेला परेको छ । तस्करीमा संलग्न दुई जना व्यक्ति र प्रयोग गरिएको गाडीसमेत नियन्त्रणमा लिई थप कारबाहीका लागि सोनबरसा भन्सार कार्यालय, सीतामढीमा बुझाइएको भारतीय पक्षले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा यति ठूलो परिमाणमा तस्करीको सामान फेला पर्नुले सर्लाही नाका हुँदै हुने अवैध कारोबार अझै सक्रिय रहेको देखिएको छ । लामो समयदेखि सर्लाही जिल्ला तस्करीको मुख्य मार्गका रूपमा चिनिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण