तमन्ना भाटियाको शरीरबारे टिप्पणीपछि आलोचना, अन्नु कपूरले दिए स्पष्टीकरण
सारांश
- अभिनेत्री तमन्ना भाटियाको सुन्दरताबारे 'दूधिया बदन' शब्द प्रयोग गरेपछि अभिनेता अन्नु कपूरको चर्को आलोचना भएको छ।
- अन्नु कपूरले आफ्नो नियत सफा रहेको दाबी गर्दै अंग्रेजीमा 'मिल्की बडी' भन्दा कसैले नराम्रो नमान्ने तर्क गरेका छन्।
- यदि तमन्नाको चित्त दुखेको खण्डमा आफू माफी माग्न तयार रहेको अभिनेता कपूरले बताएका छन्।
मुम्बई । भारतीय अभिनेता अन्नु कपूरले अभिनेत्री तमन्ना भाटियाको लुक्सलाई लिएर दिएको विवादास्पद अभिव्यक्तिको बचाउ गरेका छन्। फिल्म ‘स्त्री २’ को चर्चित गीत ‘आज की रात’ मा तमन्नाको सुन्दरताको प्रशंसा गर्ने क्रममा उनले ‘दूधिया बदन’ शब्द प्रयोग गरेपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको थियो।
मानिसहरूले उनलाई गाली गरेपछि ७१ वर्षीय अभिनेताले अहिले यसबारे आफ्नो मौनता तोडेका हुन्। सिद्धार्थ कननलाई दिएको हालैको अन्तर्वार्तामा अन्नुले आफ्नो आशय कसैलाई अपमान गर्ने नभई प्रशंसा गर्ने मात्र रहेको बताए।
नेपाली र हिन्दी भाषामा दूधिया बदनभन्दा मानिसहरूलाई आपत्ति हुने तर त्यही कुरा अंग्रेजीमा ‘मिल्की बडी’ भन्दा कसैले नराम्रो नमान्ने भन्दै उनले दोहोरो मापदण्डको गुनासो गरे। तमन्ना आफ्नो छोरीको उमेरको भएको भन्दै उनले मनमा कुनै पनि गलत भावना नरहेको दाबी समेत गरे।
अन्नु कपूरले थप स्पष्ट पार्दै यदि तमन्ना आफैँले यसबारे सोधेमा उनी आफ्नो कुरामा अडिग रहने बताएका छन्। तर, यदि उनको शब्दले अभिनेत्रीको चित्त दुखेको छ भने उनी माफी माग्न पछि हट्ने छैनन्। उनले भने, ‘यदि तमन्नालाई मेरो कुराले नराम्रो लागेको हो भने म उनको खुट्टा ढोग्न पनि तयार छु। एक ७१ वर्षको वृद्धले खुट्टा ढोग्दा उनले के भन्लिन् ? मलाई मेरो सत्यता थाहा छ र मेरो नियत सफा छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण